Friday, January 22, 2016

फरहान अख्तरको सम्बन्ध बिच्छेद

ऋत्विक रोशनपछि अर्का बलिउड स्टार फरहान अख्तरको पनि वैवाहिक सम्बन्ध धरापमा परेको छ । फरहान र उनकी पत्नी अधुना अख्तरले आफ्नो १५ वर्ष लामो वैवाहिक जीवन अन्त्य गर्ने निर्णय गरेका हुन् । 

सन् २००० मा विवाह गरेका फरहानका शाक्य र अकिरा नामक दुई सन्तान छन् । फिल्म निर्देशक, निर्माता हुँदै अभिनेता र गायक पनि बनेका फरहान अहिले बलिउडका व्यस्त कलाकार मानिन्छन् । उनकी पत्नी भने ‘स्टाइलिस्ट’ हुन् ।

No comments:

Post a Comment