Friday, January 22, 2016

खेलकुद उपाधि जित्ने खेलाडीलाई एन्फाले ५–५ लाख दिने प्रधानमन्त्रीको पनि बधाई

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगबन्धु गोल्डकल्प जितेको नेपाली टिमका सबै खेलाडीलाई ५–५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । टिमका २३ खेलाडी दुई प्रशिक्षक (बालगोपाल महर्जन र उपेन्द्रमान सिंह) र एक चिकित्सकले ५–५ लाख रुपैयाँ पाउने छन् ।

एन्फाका कार्यबहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले भने, ‘२३ वर्षपछिको यो जितले हामी उत्साहीत भएका छौं । खेलाडीले खेल पनि धेरै राम्रो खेले । उनीहरुलाई सम्मान गर्नुपर्छ ।’
यसअघि नै राष्ट्रिय खेलकुद परिषद्ले उपाधि जितेमा टिमका खेलाडीलाई २-२ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।
प्रधानमन्त्रीको पनि बधाई
बंगबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टिमले ऐतिहासिक जीत हासिल गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी व्यक्त गरेका छन् ।
बहराइनको यू–२३ टिमलाई ३–० को जीत हासिल गरेर नेपाली टिमले सफलता हात पारेकोमा प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बधाई ज्ञापन गरेका हुन् । ‘२३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त यो सफलताप्रति नेपाल सरकार र उहाँको व्यक्तिगत तर्फबाट पनि प्रधानमन्त्रीले बधाइ दिनु भएको’ प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जनाएका छन् ।
प्रधानमन्त्रीले सरकारको तर्फबाट खेलकुदको प्रवद्र्धनका लागि सदैव सहयोग रहने विश्वास दिलाएको विज्ञप्तीमा उल्लेख छ ।


No comments:

Post a Comment